२०८३, २७ श्रावण बिहीबार

क्षुद्रग्रह खोज अभियान शुरु

क्षुद्रग्रह खोज अभियान शुरु


काठमाडौँ, १३ पुस : ‘राष्ट्रव्यापी क्षुद्रग्रह खोज अभियान’ अन्तर्गत काठमाडौँ उपत्यकाका २० विद्यालयका ३० समूहले मङ्गल र बृहस्पति ग्रहकाबीच क्षुद्रग्रह एवं पृथ्वी नजीक रहेका वस्तुको खोजी शुरु गरेको छ । आजदेखि शुरु भएको खोज माघ ९ गतेसम्म जारी रहनेछ । खोजमा पाँच सामुदायिक र १५ संस्थागत विद्यालय सहभागी भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

अभियानका सहभागीले अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम अर्थात् प्यान्स्टार्सले खिचेका तस्बीरमा क्षुद्रग्रहको खोज गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

खोज्ने क्रममा कुनै क्षुद्रग्रह पत्ता लागेमा खोजकर्ताको नाममा अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनमा दर्ता हुनेछ । हाल प्यान्स्टार्सका एक दशमलव आठ मिटरका दुई वटा टेलिस्कोप सञ्चालनमा छन् । नेपालमा माध्यमिक (कक्षा ९–१२) विद्यालयस्तरमै अनुसन्धानात्मक काममा रुचि जगाउने कार्यक्रमको उद्देश्य छ । खोज सामूहिक प्रयास भएको बुझाउन अभियान थालिएको सोसाइटीले जनाएको छ । सहभागीका लागि पुस १५ र १६ गते विशेष तालीमको व्यवस्था गरिएको छ ।

अभियानसम्बन्धी थप जानकारीका लागि धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचनरबकतभचयष्मकभबचअज बाट जानकारी लिन सकिने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ पुस शुक्रबार  ६ : २९ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष