२०८३, ३२ असार शुक्रबार

घडियाल गोहीको सङ्ख्या बढ्यो

घडियाल गोहीको सङ्ख्या बढ्यो


चितवन, १२ पुस : राप्ती र नारायणी नदीमा घडियाल गोहीको सङ्ख्या बढेको छ । राप्तीमा ३४ र नारायणीमा १९ घडियाल बढेका हुन् । राप्तीमा ११८ र नारायणीमा १०१ गोही भेटिएका छन् । सन् २०१६ को गणनाअनुसार राप्तीमा ८४ र नारायणीमा ८२ गोही थिए । राष्ट्रिय निकुञ्ज विभागले गत फेब्रुअरी र मार्च महीनामा गरेको गणनाको नतिजा ढिला गरी सार्वजनिक गरेको हो । नतिजाअनुसार राप्तीमा वयस्क ३६, अर्ध वयस्क १२, ठूला बच्चा ६६ र चार साना बच्चा गरी ११८ गोही भेटिएका छन् ।

नतिजाअनुसार नारायणीमा वयस्क ३१, अर्ध वयस्क ५४, ठूला बच्चा १३ र साना बच्चा तीन गरी १०१ गोही फेला परेका छन् । राप्तीमा दुई वयस्क भाले र नारायणीमा एउटा वयस्क भाले गोही भेटिएका छन् भने अन्य सबै पोथी गोही हुन् । भाले गोहीको सङ्ख्या न्यून भएपछि सन् २०१७ मा बर्दियाबाट एउटा भाले गोही यहाँ ल्याइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार राप्तीमा ४० प्रतिशत र नारायणीमा २३ प्रतिशत गोहीको सङ्ख्यामा वृद्धि भएको छ । राप्ती र नारायणी नदीलाई विभिन्न भागमा विभाजन गरेर प्रत्यक्ष गणना गरिएको थियो । प्राविधिक र कर्मचारी गरी ४० जनाले दुई नदी र शाखामा गणना गरेका थिए । सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । गणनामा सन्तोषजनक नतिजा भने प्राप्त हुन सकेको छैन ।

राप्तीमा प्रजनन् केन्द्रमा हुर्काएर हालसम्म ६८५ गोही छाडिसकिएको छ भने नारायणीमा ३९९ गोही छाडिएको छ । हालसम्म कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबइमा ११० गोही छोडिसकिएको छ । सबै नदीमा गरी १ हजार ३६५ गोही छाडिसकिएको छ । नेपालका नदीमा छाडिएका गोही पानीसँगै भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । नेपालमा हुर्काएर नदीमा छोडेका गोही भारत पुग्ने गरेका हुन् ।

नदीमा प्रदूषण बढ्दा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको ढकालले बताउनुभयो । हाल सार्वजनिक तथ्याङ्क बढे पनि नदीमा छोडिएको गोहीको तुलनामा सङ्ख्या न्यून हो । प्रजनन् केन्द्रमा हाल ५५० हाराहारी गोही छन् । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ९ : ०२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित