२०८२, ८ पुस मंगलबार

पिपिआर रोगका कारण एकसय भेडाबाख्रा मरे

पिपिआर रोगका कारण एकसय भेडाबाख्रा मरे


बैतडी, १२ पुस: बैतडीको दुर्गम सिगास गाउँपालिकाका किसानले पालेका भेडाबाख्रामा पिपिआर रोग महामारीका रुपमा देखा परेको छ । गएको दुई हप्तायता सिगासमा पिपिआर रोगबाट १०० बढी भेडाबाख्रा मरिसकेको पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु चिकित्सक एवं कार्यालय प्रमुख हरिदत्त भट्टले जानकारी दिनुभयो । सिगास गाउँपालिकाको वडा नं ७ मा यो रोग सबभन्दा बढी देखा परेको छ । पिपिआर रोगले भेडाबाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका स्थानीयवासी सुरेन्द्र साउँदले जानकारी दिनुभयो ।

महामारीका रुपमा पिपिआर रोग देखा परेपछि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीबाट चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले प्रभावित क्षेत्रका १० हजार भेडाबाख्रामा माहामारी रोग पिपिआरविरुद्धको खोप लगाउने कार्य गरिरहेको छ । पिपिआर रोग लागि सकेपछि भेडाबाख्रा प्रायः ४८ घण्टाभित्र मर्ने भएकाले प्रभावित क्षेत्रमा रहेका अन्य भेडाबाख्रालाई पिपिआर रोगको सङ्क्रमणबाट बचाउन १० हजार भेडाबाख्रामा उक्त खोप दिन लागिएको जनाएको छ ।

पिपिआर रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्ने गर्दछन् । पिपिआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकार सङ्क्रमक रोग हो यो । यसको रोकथामका लागि पिपिआरविरुद्धको खोप एकमात्र उपाय भएको चिकित्सकको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ७ : २४ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ