२०८३, २७ श्रावण बिहीबार

सुगन्धित तेल क्यामोमाइल उत्पादन

सुगन्धित तेल क्यामोमाइल उत्पादन


कञ्चनपुर, १२ पुस: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चार वटा जडीबुटी उद्योगमा आबद्ध किसानले रु १७ लाख ४० हजार २२० बढीको क्यामोमाइलको तेल उत्पादन गरेको छ । सन् २०१८ को डिसेम्बरसम्म चार वटा जडीबुटी उद्योगमा आबद्ध ४६ परिवारले ३४ दशमलव २४ किलोग्राम सुगन्धित तेल क्यामोमाइलको उत्पादन गरेका हुन् । ती परिवारले २०९ कट्ठा क्षेत्रफलमा क्यामोमाइल खेती गरेका छन् ।

नगरपालिका–६ कसरौलस्थित आकाशदीप जडीबुटी उद्योगबाट रु तीन लाख २५ हजार, वडा नंं ७ जुडास्थित शिखर जडीबुटी उद्योगबाट रु नौ लाख, वडा नं ८ बेलडाँडीस्थित प्रगति महिला जडीबुटी उद्योगबाट रु चार लाख ६३ हजार २२० र वडा नं १२ तिलकीस्थित नवज्योति जडीबुटी उद्योगबाट रु ५२ हजार बराबरको क्यामोमाइलको तेल उत्पादन भएको निड्सका सामाजिक परिचालक कमल विकले जानकारी दिनुभयो ।

समूहमा आबद्ध भई क्यामोमाइल खेतीमा लागेकाका लागि निड्स कञ्चनपुरले बेलायती सहयोग नियोग (युके एड)को सहयोगमा सञ्चालन गरेको अनुकूलन परियोजना एक्सअन्तर्गत दुई वटा उद्योग मर्मतका लागि रु एक लाख ३० हजार र रु एक लाख घुम्ती कोषका लागि प्रदान गरिएको छ, उहाँले भन्नुभयो, “अन्य दुई उद्योग स्थापनाका लागि रु पाँच लाख २० हजार र घुम्ती कोषका लागि रु एक लाख रकम प्रदान गरिएको छ ।”

जडीबुटी खेतीमा संलग्न किसान कालुसिंह ठगुन्नाले जडीबुटी खेतीलाई छाडा चौपाया र जङ्गली जनावरले नखाने भएकाले यस खेतीलाई निरन्तरता दिएको बताउनुभयो । “तरकारी र अन्न उत्पादनभन्दा क्यामोमाइल खेतीबाट धेरै गुणा बढी आम्दानी थोरै मिहेनतमा हात पर्न थालेपछि किसान यस खेतीप्रति उत्साहित भएर लागेका छन्” उहाँले भन्नुभयो । उहाँका अनुसार क्यामोमाइलको तेल प्रतिकिलो रु ५६ हजार बढीका दरमा बिक्री भएको छ ।

जडीबुटी उद्योगमा संलग्नलाई समूहमा आबद्ध गराई पुर्नताजकीय र गुणस्तर व्यवस्थापन तालीम प्रदान गरी आत्मनिर्भर बनाउने कार्य गरिएको निड्सका फिल्ड सुपरभाइजर रवीन्द्र देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार जडीबुटी खेतीमा संलग्नका लागि बजार व्यवस्थापन, खेती प्रविधि सुधार, पोष्ट हारर्भेष्ट, किसान र व्यापारीबीच समन्वय बैठकलगायतका कार्य गरिएका छन । जसबाट जडीबुटीमा संलग्नले सहजै उत्पादन लिनेदेखि बजारमा बेच्न सकेको उहाँले बताउनुभयो । जडीबुटी खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेपछि स्थानीय किसानले नयाँ उद्योग थप्नका लागि नगरपालिका कार्यालयसँग मागसमेत गरेका छन् । चुरे क्षेत्र नजिकका बासिन्दाको राम्ररी अन्न उत्पादन नहुने खेत हाल जडीबुटीले हराभरा भएका छन् । आम्दानी गतिलो हुन थालेपछि मजदूरीका लागि भारत जाने पनि खेतमा जडीबुटी रोप्नमा व्यस्त भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ७ : १४ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष