२०८३, २७ श्रावण बिहीबार

वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती

वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती


रौतहट, १२ पुस: कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवालाई खेतीबाटै लाखौँको आम्दानी गरेर एकजना किसानले चुनौती दिएका छन् । स्थानीय मौलापुर नगरपालिकाका एकजना किसानले व्यावसायिकरुपमा मेवा र कुरिलो खेती गरी मासिक लाखौँ रुपैयाँ कमाएर वैदेशिक रोजगारीमा जानेलाई चुनौती दिएका हुन् ।

मौलापुर नगरपालिका–८ सोनरनियाका किसान रामेश्वर पण्डितले ठूलो परिमाणमा मेवा र कुरिलो खेती गरी मनग्य आम्दानी गर्न शुरु गरेका छन् । मोबाइल युट्युबमार्फत सबै जानकारी लिएर थोरै जग्गामा शुरु गरेको कुरिलो खेतीबाट मनग्य आम्दानी देखेर उनले खेती विस्तार गरेका हुन् । पहिलो वर्ष आफ्नो पुस्तैनी १० कट्ठा जग्गामा कुरिलो खेती गरेर प्रतिकट्ठा ५० हजारको आम्दानी गरेपछि यस पटक चार बिघा जग्गामा खेती विस्तार गरेको किसान रामेश्वर पण्डितले बताउनुभयो । प्रतिकट्ठा वार्षिक रु दुई हजार पाँच सयमा भाडामा लिएर यस पटक दुई बिघा उन्नत जातको मेवा र दुई बिघा कुरिलो खेती गरेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँबाट कुरिलो र भारतीय बजारबाट उन्नत मेवाको बीउ खरीद गरेर खेती शुरु गरेको किसान पण्डितले बताउनुहुन्छ । रोपेको सात महीनामा फलाएर प्रतिकिलो मेवा ११० सम्ममा करीब २५ क्विन्टल काठमाडाँैमा बिक्री गरिसकेको उहाँले बताउनुभयो । दुई बिघा मेवा र दुई बिघा कुरिलो खेती गर्न हालसम्म झण्डै रु १५ लाखको लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन हुने मेवा र कुरिलोको बजार राजधानी काठमाडौँ र पोखरा बजारमा ठूलो माग रहेको उल्लेख गर्दै उहाँले ढुवानी गर्न भाडा निकै महँगो भएको हुँदा आफैँले पिकअप भ्यान खरीद गर्ने योजनामा रहेको जानकारी दिनुभयो । जिल्लामै पहिलो पटक व्यावसायिकरुपमा मेवा र कुरिलो खेतीको शुरुआत गर्दा पनि सरकारीस्तरबाट कुनै सहयोग पाउन नसकेको गुनासो किसान पण्डितको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ७ : ०३ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष