२०८३, १ असार मंगलबार

सवारी चलाउँदा मोबाइल प्रयोगमा रोक

सवारी चलाउँदा मोबाइल प्रयोगमा रोक


तुलसीपुर, १२ पुस : के तपाइँ सवारी चलाउँदा मोबाइल फोनमा कुरा गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने कारवाहीमा पर्नुहोला । प्रदेश नंं ५ को दाङस्थित प्रहरी कार्यालयले सवारी चलाउँदा चालकलाई मोबाइल प्रयोग गर्न रोक लगाइएको छ । प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले चालकले मोबाइलमा कुरा गर्दा पनि अधिकांश ठूला दुर्घटना भइरहेको भन्दै सानाठूला जुनसुकै सवारी चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार कारवाही अगाडि बढाइने बताउनुभयो । ‘‘एकपछि अर्को ठूला दुर्घटना भइरहेकाले यसलाई न्यूनीकरण गर्न प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउँदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो ।

पुस ६ गते तुलसीपुरको राम्रीमा शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भयो । पुस ९ गते घोराही बजारमा बसले ठक्कर दिँदा एक जनाको ज्यान गयो । त्यस्तै केही समयअघि देउखुरीमा जन्ती बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो । एकपछि अर्को गर्दै सडक दुर्घटना बढन थालेपछि न्यूनीकरणको उपायप्रति सरोकारवालाले चिन्ता गरेका छन् । प्रहरीले दुर्घटनालाई न्यूनीकरण गर्न चालकलाई मोबाइल फोन प्रयोगमा रोक लगाउने योजना अघि सारेको छ । यसलाई कार्यान्वयन गर्न दैनिक अनुगमन तथा जाँच गरेको ट्राफिक प्रहरी नायब निरीक्षक चन्द्र केसीले बताउनुभयो ।

उहाँका अनुसार अब कुनै पनि चालकले मोबाइल चलाउने र मोबाइलसमेत बोक्न पनि नपाउने भएका छन् । “यदि कुरा नै गर्नुप¥यो भने सहचालक वा गाडी धनीको मोबाइलबाट गाडी रोकेर कुरा गर्नुपर्ने नियम बनाएको छ, चालकले कुरा सकेपछि त्यो मोबाइल सम्बन्धित व्यक्तिलाई दिनुपर्ने छ”, केसीले भन्नुभयो, “यसलाई पूर्णरुपले कार्यान्वयन गर्ने पक्षमा कडाई शुरु भएको छ ।”

प्रहरीले शुरुशुरुमा अभियानका बारेमा प्रचारप्रसार गर्ने र त्यसपछि प्रकृति हेरेर रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने जनाएको छ । प्रहरीको तथ्याङ्ले दुर्घटनाका कारण धेरै देखाउने गरेको छ । पहिलो कारण चालकको लापरवाही, भौगोलिक अवस्था, बाटोका अवस्था, पैदल यात्रु तथा सडक प्रयोगकर्ताको समस्या र लामो दूरीका चालकलाई बीचमा रोकेर प्रशिक्षण समेत दिने गरेको छ । चालू आर्थिक वर्षको पाँच महीनामा मात्र जिल्लामा ४३ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ६ : ५२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई