२०८३, १८ आश्विन सोमबार

काभ्रेको तेमालमा खुकुरी हानाहान, ३ जना घाइते

काभ्रेको तेमालमा खुकुरी हानाहान, ३ जना घाइते


तेमाल , पुस १२ : काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलमा खुकरी प्रहारबाट तीन जना युवाहरु सख्त घाईते भएका छन् । मंगलबार साँझ करिब ५ बजे स्थानीय रकम तामाङ र उनका दुई छोराले अन्धाधुन्दा खुकुरी र रड प्रहार गर्दा युवाहरु घाईते भएका हुन् ।

घाइते हुनेहरुमा सोही वडाका पाल्साङ तामाङ, बिकास तामाङ र अनिल तामाङ रहेका छन् । ठूलोपर्सेलको बसपार्कमा खाजा खाइरहेको बेला रकम उनका छोराहरु फिन्जु तामाङ र पाल्देन तामाङले उनीहरु माथि खुकुरी र रडले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताए ।

स्थानीय पञ्चकन्य माविमा अध्ययनरत रकमको छोरा र अरु विद्यार्थीहरु बीचमा भएको झगडाको विषयमा पिडित युवाहरुले उनको कान्छो छोरासँग कुरा गर्दै गर्दा उनको बुबा र दाईले हतियार सहित आक्रमण गर्न आएको बुझिएको छ ।

खुकुरी प्रहार गर्ने रकमलाई सोही दिन प्रहरीले पक्राउ गरेको छ । रकमलाई पिडितहरुले ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने तयारीमा गरेका छन् । अहिलेृ घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ७ : ३६ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा