२०८३, २३ भाद्र बुधबार

प्रदेश नं ३ : चार विधेयक टेबल

प्रदेश नं ३ : चार विधेयक टेबल


हेटौँडा, ११ पुस : प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा अर्थ तथा विकास समितिको प्रतिवेदनसहित चार वटा विधेयक छलफलका लागि प्रस्ताव टेबल गरिएको छ । प्रदेशसभाको अर्थ तथा विकास समितिका अध्यक्ष सरेश नेपालले विभिन्न समितिमा दफावार छलफल भइआएको प्रदेशमा सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयकको २०७५ को प्रतिवेदन र कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावादोर्जे तामाङले प्रदेशमा सहकारीको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

बैठकमा उद्योग, वन, पर्यटनमन्त्री अरुणकुमार नेपालले प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०७५, र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण र सु–व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई छलफल गर्न प्रस्ताव टेबल गर्नुभयो ।

बिहीबार पुस १२ गते दिनको १ बजे बस्ने प्रदेशसभाको बैठकमा पूर्ण छलफल गर्ने गरी विधेयक पारित गर्ने तालिका रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशसभाको आज बसेको बैठक अपराह्न ४ बजे शुरु गरी ४ः१० मा सभामुखले बिहीबार लागि स्थगन गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ६ : २४ बजे

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार