२०८२, १४ असार शनिबार

जगंलमा लागेको आगो नियन्त्रण बाहिर

जगंलमा लागेको आगो नियन्त्रण बाहिर


गोरखा ९, पुस : चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीमा हालसम्म जलेको अबस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार लामाले जानकारी दिनुभयो । दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको उक्त जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जंगलमा समेत आगो फैलिदै गएको उहाँले जानकारी दिनुभयो ।

आगोले सो क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटी समेत नष्ट भएका छन् । क्षतिको एकिन बिबरण संकलन गर्न सकिएको छैन । अहिले पनि स्थानियबासी र प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको छ । उच्च हिमाली क्षेत्र र तिब्र गतिको हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले बताउनुभयो ।

उहाँका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्नि रेखा बनाउने काम भइरहेको छ वडाध्यक्ष बिर बहादुर लामाले आगो नियन्त्रणका लागी उचित पहल नभएको बताउनु भएको छ । “अब सामान्य हिसावले आगो निभाउन सक्ने कुनै संभावना नै छैन”, उहाँले भन्नुभयो, “हेलिकप्टरबाट पानी हाल्न सकेको खण्डमा मात्र आगो नियन्त्रणमा आउन सक्छ ।”

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आगो नियन्त्रणका लागि पहल गरी दिन गृहमन्त्रालयलाई आग्रह गरिएको जानकारी दिनुभयो । सकेसम्म सेनाको हेलिकप्टर प्रयोग गरेर आगो नियन्त्रणका लागि पहल भइरहेको उहाँले बताउनुभयो । आगो नियन्त्रणमा नआए एउटा गुम्बा जोखिममा पर्नसक्ने बताइएको छ । प्रहरी उपरिक्षक भोला रावलले आगो नियन्त्रणका लागि सामागाउँ, लार्के भन्सार र सिर्दीबासबाट प्रहरी परिचालन गरिएको बताउनुभयो । ठूलो भिर भएकाले मान्छेले तलबाट आगो निभाउन सक्ने अबस्था नै नभएको बताइएको छ । आगलागीमा सलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  ५ : ३० बजे

मकवानपुरमा खुर्पाले हानेर एक जनाको हत्या

काठमाडौं । मकवानपुरमा एक जनाको हत्या भएको छ। जिल्लाको बागमती

वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान

नागार्जुनमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट