२०८३, २२ आश्विन शुक्रबार

जगंलमा लागेको आगो नियन्त्रण बाहिर

जगंलमा लागेको आगो नियन्त्रण बाहिर


गोरखा ९, पुस : चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीमा हालसम्म जलेको अबस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार लामाले जानकारी दिनुभयो । दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको उक्त जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जंगलमा समेत आगो फैलिदै गएको उहाँले जानकारी दिनुभयो ।

आगोले सो क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटी समेत नष्ट भएका छन् । क्षतिको एकिन बिबरण संकलन गर्न सकिएको छैन । अहिले पनि स्थानियबासी र प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको छ । उच्च हिमाली क्षेत्र र तिब्र गतिको हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले बताउनुभयो ।

उहाँका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्नि रेखा बनाउने काम भइरहेको छ वडाध्यक्ष बिर बहादुर लामाले आगो नियन्त्रणका लागी उचित पहल नभएको बताउनु भएको छ । “अब सामान्य हिसावले आगो निभाउन सक्ने कुनै संभावना नै छैन”, उहाँले भन्नुभयो, “हेलिकप्टरबाट पानी हाल्न सकेको खण्डमा मात्र आगो नियन्त्रणमा आउन सक्छ ।”

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आगो नियन्त्रणका लागि पहल गरी दिन गृहमन्त्रालयलाई आग्रह गरिएको जानकारी दिनुभयो । सकेसम्म सेनाको हेलिकप्टर प्रयोग गरेर आगो नियन्त्रणका लागि पहल भइरहेको उहाँले बताउनुभयो । आगो नियन्त्रणमा नआए एउटा गुम्बा जोखिममा पर्नसक्ने बताइएको छ । प्रहरी उपरिक्षक भोला रावलले आगो नियन्त्रणका लागि सामागाउँ, लार्के भन्सार र सिर्दीबासबाट प्रहरी परिचालन गरिएको बताउनुभयो । ठूलो भिर भएकाले मान्छेले तलबाट आगो निभाउन सक्ने अबस्था नै नभएको बताइएको छ । आगलागीमा सलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  ५ : ३० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य