२०८२, २४ कार्तिक आईतबार

मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु , एक घाइते

मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु , एक घाइते


कास्की, पुस ८: पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा आज एक जनाको मृत्यु गएको छ । घटनामा अर्र्का एक घाइते भएका छन् । मृत्यु हुनेमा हेम्जा निवासी १८ वर्षीय आशिष कुँवर हुन् । दुर्घटनामा गम्भीर घाइते कुँवरको उपचारार्थ अस्पताल लाँदै गर्दा ज्यान गएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

मोटरसाइकल पछाडि बसेका वर्ष १८ का प्रविण पुनको उपचार भइरहेको प्रहरीको भनाइ थियो । पोखरा–१ सिम्पानीस्थित करुणानिधी माविमा कक्षा १२ मा अध्ययन गर्ने दुवै जना बिहान ६ बजे क्याम्पस जाँदै गर्दा उनीहरु चढेको ग १४ प ८१५१ नं को मोटरसाइकल सडकको छेउमा एक्साभेटर बोकेर रोकी राखेको ना १ क ७१६४ नं को ट्रकसँग ठोक्किएको थियो । दुर्घटना लगत्तै स्थानीयले उनीहरुलाई अस्पताल पु¥याएका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ७ : ४७ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।