२०८३, ७ कार्तिक शनिबार

तीन लुटेरा प्रहरीे खोरमा

तीन लुटेरा प्रहरीे खोरमा


साँखु, काठमाडौँ, ८ पुस : महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने २८ वर्षीय विशाल मगर र सिन्धुपाल्चोक घर भई बूढानीलकण्ठ बसोबास गर्ने १९ वर्षीय नवराज सापकोटा रहेको बौद्धका प्रहरी निरीक्षक रेशम आचार्यले जानकारी दिनुभयो । उनीहरुले गत मङ्सिर २८ गते चिनियाँ युवती एङ्की लिलाई स्नूकर खेल्ने स्टिकले टाउकोमा प्रहार गरी आइफोन लुटेका थिए ।

“एक हप्ता लामो अनुसन्धानपछि लुटेरा समात्न सफल भयौँ,” उहाँले भन्नुभयो । महङ्कालस्थित जनकल्याण माविमा रहेको सिसी क्यामराको सहयोगमा लुटेरा पक्राउ गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । चिनियाँ नागरिक लिको टाउकोमा ३० टाँका लगाउनुपरेको थियो भने दायाँ हातको चार औँला भाँचिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले ४८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ७ : ०२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना