२०८२, ७ चैत्र आईतबार

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु


इनरुवा, ६ पुस: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ । खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाउनुभएको थियो ।

खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नाका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए । खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकोे छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ८ : ४७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको