२०८२, ८ पुस मंगलबार

ढुङ्गाले लागेर बालकको मृत्यु

ढुङ्गाले लागेर बालकको मृत्यु


बेझाड (पाल्पा), २९ मङ्सिर : ढुङ्गाले लागेर रैनादेवी छहरा गाउँपालिका–४ आँपपाटास्थित धजा बान्ने स्थानमा एक बालकको मृत्यु भएको छ । आज दिउँसो बा२क ७४७३ नंको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुङ्गाले लागेर सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका– २ सोमादीका सात वर्षीय रोजित रास्कोटीको मृत्यु भएको छ । छहरा, अमलावास हुँदै तान्सिङ्ल जोड्ने मोटरबाटो खन्ने क्रममा ढुङ्गाले लागेर रास्कोटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । डोजर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद अधिकारीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ मंसिर शनिबार  ६ : ४२ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ