२०८३, ७ कार्तिक शनिबार

तीन हजार फरार अभियुक्त पक्राउ

तीन हजार फरार अभियुक्त पक्राउ


काठमाडौँ, २७ मङ्सिर : नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । चालू आवको कात्तिकसम्म तीन हजार ५७ जना फरार अभियुक्त र ७३२ जना फरार अपराधी फक्राउ गरी २० नाल अवैध हतियार र १५ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले गरेको कारवाहीबारे जानकारी दिँदै सुवेदीले सो अवधिमा २२५ केजी गाँजा, ५८ केजी चरेश, एक केजी हेरोइन र ठूलोमात्रामा कृत्रिम लागुऔषध तथा मनोद्विपक पदार्थ बरामद गरेको बताउनुभयो । यस्तै विभिन्न जिल्लामा गरेर करीब १९ बिघा जमीनमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । अहिलेसम्म ५४ हजार १५८ लिटर घरेलु मदिराको कच्चा पदार्थसहित ७९ हजार ५४ लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

सो अवधिमा सामुदायिक सुरक्षा अभिवृद्धि गर्न सिसी टिभीको स्थापना र विस्तारलाई प्राथमिकता दिँदै प्रहरीको स्रोत र समुदायको साझेदारीमा देशभर कूल ७८४ स्थानम सिसी टिभी जडान गरिएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ मंसिर बिहीबार  ७ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना