२०८२, २४ असार मंगलबार

मोटरसाईकल दुर्घटनामा बाबुछोरा सहित तीनको मृत्यु

मोटरसाईकल दुर्घटनामा बाबुछोरा सहित तीनको मृत्यु


सुरुङ्गा, २५ मङ्सिर: झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका– ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्रको मृत्यु भएको प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि सवार थिए । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई दमकको पश्चिम बस बिसौनी चोक सडकखण्डमा ठक्कर दिएको थियो । यस्तै ना ४ ख ३६८२ नम्बरको बसले मे २ प ३३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केरावारी गाउँपालिका–९ सिंहदेवीका ४८ वर्षीय देवीप्रसाद राईको मृत्यु भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ८ : ५८ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज