२०८२, ३ चैत्र बुधबार

दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन

दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन


नयाँ दिल्ली, २३ मङ्सिर : हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् । कडा सुरक्षाबीच भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकहरूको सहभागिता रहेको थियो ।

केसरी रङको पहिरनमा प्रदर्शनमा सहभागी रामभक्त हिन्दूहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दीर निर्माणका लागि अनुमति नदिँदासम्म उहाँलाई आवतजावतमा समेत अवरोध गर्ने भनाइ प्रदर्शनका सहभागीहरूले बताए । रामभक्त भारतीय भएको बताउने एक सहभागीले भने, “हामीले मन्दीर बनाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट नआएसम्म दिल्लीका सडकमा प्रदर्शन गरिरहन तयार छौँ ।”

प्रधानमन्त्रीका समर्थक रहेका केहीले प्रदर्शनकारीले भने, “हिन्दूवादी नेता भएर पनि रामको जन्मभूमि मानिएको अयोध्या सहरकोे भूमिमा मन्दीर बनाउन प्रधानमन्त्रीले ध्यान नदिएको भनी प्रधानमन्त्री प्रति आक्रोश व्यक्त गरेका थिए ।” हिन्दूहरूले अयोध्यास्थित विवादास्पद बनेको भूमिभगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्तस्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० बर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बीले बताउने गर्छन् ।

भारतको अयोध्या शहरमा सन् १९९२ मा बाबरी मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उहाँको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए ।

आयोजकले यस अघि अयोध्या र भारतीय अन्य दुई शहरमा केही हप्ता पहिले प्रदर्शन गरेका थिए । बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको छ ।
-रासस÷एएफपी)

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ८ : ४६ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका