२०८३, ३१ असार बिहीबार

तीन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो

तीन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो


मार्तडी, २३ मङ्सिर: जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नं ४, ५, ६ र ७ का ३१३ विपन्न दलित परिवारलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको छ ।

दुर्गम हिमाली गाउँपालिकाका दलित परिवारका घरलाई धुवाँरहित बनाउने उद्देश्यले ललितपुरस्थित वैकपिल्क ऊर्जा प्रर्वद्धन केन्द्रको अनुदान सहयोग र जिल्ला दलित सशक्तिकरण नेटवर्कको समन्वयमा सुधारिएको चुलो वितरण गरिएको नेटवर्कका अध्यक्ष गोरख सार्कीले जानकारी दिनुभयो ।
गाउँपालिकाका वडा नं ४ देखि ७ सम्मका ३१३ दलित परिवारको घर धुवाँमुक्त गर्नुका साथै उनीहरूको स्वास्थ्यस्तरमा पनि सुधार आउनेमा आफूहरु आशावादी भएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा ३१३ परिवारलाई मात्र आधुनिक चुलो उपलब्ध गराइएकामा आगामी दिनमा सबैलाई पुग्ने गरी समन्वय गरिने भएको छ । बिकट हिमाली गाउँपालिकामा बिजुली बत्तीको निकै समस्या भएकाले दलित परिवारलाई सोलारका लागि पनि पहल गरिने अध्यक्ष सार्कीको भनाइ थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : ०४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित