२०८१, ३ चैत्र सोमबार

सिन्धुपाल्चोकमा कारितासले बनाइदियो भूकम्प प्रतिरोधात्मक घर

सिन्धुपाल्चोकमा कारितासले बनाइदियो भूकम्प प्रतिरोधात्मक घर


काठमाण्डौँ २२ मसिंरः कारितास नेपालले नीजि आवास पुनःनिर्माणको जिम्मा पाएको सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर १, २ र ३ नम्बर वडामा घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

कारितास नेपालका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छनौट गरेका साविकको कालिका गाविसको ६५६ घरधुरी मध्ये ६५३ घरधुरी लाभग्राहीको आवास निर्माण थालेकोमा ६४२ घर निर्माण पूरा भएको छ । बनिसेका सबै घर लाभग्राहिलाई हस्तान्तरण गरिएको छ । कालिकाका अधिकांश लाभग्राहि नयाँघरमा बसिसकेका छन् ।

“सुरक्षित आवास आफै बनाऔं” भन्ने मूल सन्देश लिएर नेपाल सरकारले तोकेको डिजाईन र मापदण्डमा स्थानिय तहसँग समन्वय गरेर नीजि आवास निर्माणको काम गरिरहेको कारितास नेपाल सिन्धुपाल्चोकका प्रमूख झक्कु चौधरीले जानकारी दिए । कालिकामा ईट्टामा सिमेन्टको जोडाई गरिएका ४ सय घरधुरी, ढुङ्गामा सिमेन्टको जोडाई गरिएका ६, ढुङ्गामा माटोको जोडाई गरिएको ११४ घरधुरी र आरसिसि पिलर राखेर ११३ वटा घर नयाँ बनेको छ ।

कारितास नेपालले वडा स्तरीय आवास पूनःनिर्माण समिति, टोल स्तरीय आवास पूनःनिर्माण समुह गठन गरि साविकको दुईवटा गा.वि.स. ठोकर्पा र कालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छनौट गरेको जम्मा १ हजार ८ सय ३४ जना लाभग्राहीहरुको नीजि आवास निर्माण गरिरहेको छ । ठोकर्पाका १ हजार १ सय ७८ जना लाभग्राहि रहेकामा १ हजार भन्दा बढी घर निर्माण भइसकेको छ ।

लाभग्राहिलाई प्राविधिक सहयोग, नेपाल सरकारले तोकेको प्रति घर ३ लाख र ढुवानी बापत ५० हजार रुपैयाँ सहयोग उपलब्ध गर्दै आएको छ । यस्तै आवास निर्माणका लागि जिल्ला आयोजना कार्यान्वय इकाईसँग समन्वय गरेर नेपाल सरकारले तय गरेका विषयको आधारमा सुनकोशी गाउँपालिकाको वडा नं. ३ कालिकामा ८४ जना, १, २, ४ र ५ वडामा २८६ जना स्थानीय डकर्मी र सिर्कमीलाई तालिम दिइएको प्रमूख चौधरीले बताए ।

कारितासले सुनकोशी गा.पा.मा वडा नं. १ देखि ५ सम्म जम्मा ८ वटा नमूना घर निर्माण गरेको छ । नमूना घर अन्तर्गत वडा नं. ३ मा भने आर्थिक रुपमा निकै कमजोर जमुना तामाङ र उत्तरधोज खड्काको भूकम्पप्रतिरोधी घर निर्माण गरिएको छ । वडा नं. ३ मा १ वटा सामुदायिक भवन समेत निर्माण गरी गरिएको छ ।

भूकम्प लगत्तै राहत वितरणका लागि पुगेको कारितासले जीविको पार्जन अन्तर्गत कृषि, सिँचाई, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत आयआर्जनको क्षेत्रमा लगानी गरेको छ ।

यसैबीच कारितासले नै विगत १ वर्ष देखि सुनकोशी गाउँपालिका वडा नं. ४ र ५ (साविकको यमुनाडाँडा र सुनखानी गा.वि.स) मा पनि नीजि आवास पुनःनिर्माणका लागि प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  १२ : ४२ बजे

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस