२०८२, २३ चैत्र मंगलबार

‘सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’

‘सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’


काठमाडौं,मंसिर २२ : टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन्।

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।, उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन्। धेरैजसो पीडक च्याट एप भएका फेसबुकसहितका सामाजिक सञ्जालमा फेक आइडीमार्फत ‘ब्ल्याक मेल’ गर्नेहरू छन्। पछिल्लो समय यो समस्या गाउँतिर बढी हुन थालेको छ। तर गाउँमा साइबर क्राइम हेर्ने प्रहरीको शाखा छैन। त्यसैले सबै दुव्र्यवहारको उजुरी आइपुग्न अवस्था नरहेको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती बताउँछन्। तीन वर्ष यता सामाजिक सञ्जालबाट हुने हिंसाको दर वार्षिक दोब्बरले बढ्दै गएको छ।

‘फेसबुक मेसेन्जरबाट पीडित हुने धेरैजसो किशोरी छन्। उनीहरूले आफ्नो जीवनसमेत राम्ररी नबुझी हिंसाको शिकार हुनुपरेको छ’, उप्रेती भन्छन्, ‘सामाजिक सञ्जालबाट हुने हिंसाको दर डरलाग्दो छ। यसलाई न्यूनीकरण गर्न साइबर ब्युरो बनाएर सातै प्रदेशमा पुर्‍याउन जरुरी छ।’ काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लासम्म मात्रै महाशाखाको पहुँच छ।

सम्बन्ध बिग्रेपछि गडबड
अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालमार्फत दुःख दिनेमा नातेदार र चिनेजानेकै बढी छन्। महाशाखामा पुग्ने अधिकांश किशोरी र युवती विगतमा निकट सम्बन्ध भएका र आफन्तबाटै पीडित हुन्छन्। सम्बन्धमा रहँदा खिचिएका फोटो र भिडियो सम्बन्ध अन्त्य भएपछि ब्ल्याकमेल गर्ने औजार भएका छन्। कतिले पोर्न साइटमै भिडियो अपलोड गरिदिन्छन्।

बदला लिन अश्लील फोटो र भिडियोको सहारा लिने क्रम बढेको साइबर क्राइम फाँटका इन्स्पेक्टर लीलाराज डाँगी बताउँछन्। ‘केटाले भनेको मानुन्जेल सबै ठीक हुन्छ। केटीले नमानेपछि पहिले खिचेको फोटो र भिडियोलाई हतियार बनाउने गरेको पाइन्छ,’ डाँगी भन्छन्, ‘बढीजसो पीडित १३ देखि ३० वर्ष उमेर समूहका हुन्छन्।

बदनाम गरेर बदला लिने यो प्रवृत्तिले किशोरी र युवतीहरू ठूलो मानसिक समस्यामा परेका छन्। हामीले यस्तो अपराधमा संलग्नलाई कानुनी दायरामा त ल्याएका छौँ, तर पीडितलाई परेको मानसिक चोट र सामाजिक क्षतिको हिसाब कसले गर्ने ? ’

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : २८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि