२०८२, ३० भाद्र सोमबार

‘बेपत्ता आयोग चुप लागेर बसेको छैन’: अध्यक्ष मल्लिक

‘बेपत्ता आयोग चुप लागेर बसेको छैन’: अध्यक्ष मल्लिक


काठमाडौँ, २१ मङ्सिर: बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगले एक दशक लामो सशस्त्र द्वन्द्वबाट पीडितको पक्षमा काम गरिरहेको बताउनुभएको छ । नेपाल मानव अधिकार सङ्गठनले आज यहाँ आयोजना गरेको सङ्क्रमणकालीन न्याय र राज्यको दायित्व विषयक छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विगत चार वर्षमा आयोगले ५६ जिल्लामा पुगेर तीन हजार १९७ बेपत्ता नागरिकको तथ्याङ्क सङ्कलन गरेको र त्यसमा प्रारम्भिक कारवाही पनि शुरु गरिसकेको छ ।’’ उहाँले ५६ जिल्लाको काम करीब सम्पन्न भइसकेको तथा एक हजार ९०२ जनाको अनुसन्धान पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

आगामी माघ २६ बाट आयोगको म्याद सकिने र त्योभन्दा अघि पुस १५ भित्र ६५ जिल्लाको काम सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउन तयारी आयोगले गरिरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष मल्लिकले पीडक र पीडितको पहिचान खुलाएर पीडितलाई प्रमाणपत्र तथा परिचयपत्र प्रदान गरिने बताउनुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले पीडितको सुरक्षा तथा व्यक्तिगत गोपनीयतालाई ध्यानमा राखी आफूहरुले मिडियामा गएर प्रचारबाजी नगरेको स्पष्ट पार्नुभयो । उहाँले आयोगमा हालसम्म ६६ हजार उजुरी परेको बताउँदै पीडितलाई न्याय नपाएसम्म संस्थालाई मर्न नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको रक्षा तथा सत्य निरुपण गरी पीडकलाई दण्ड र पीडितलाई न्याय दिने बताउनुभयो । पूर्व सभामुख दमननाथ ढुङ्गानाले १२ वर्षसम्म पीडितले न्याय नपाएको बताउँदै यस्तै अवस्था जारी रहे विस्तृत शान्ति सम्झौताको केही बँुुदा संशोधन गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी पीडितलाई न्याय दिन प्रतिबद्ध भएको बताउँदै न्यायालयमा न्याय पाइन्छ भन्ने विश्वासले नै बीपी कोइराला नेपाल फर्केको प्रसङ्ग उल्लेख गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य आरसी न्यौपाने, प्रा कपिल श्रेष्ठ, अधिवक्ता दिनेश त्रिपाठी, पूर्व माओवादी लडाकू लेनिन विष्ट, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी खरेललगायतका वक्ताले बोल्नुभएको कार्यक्रमको सभापतित्व सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ६ : ४२ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि