२०८३, १ असार मंगलबार

नेपाली महिलाको पोर्चुगलमा निधन

नेपाली महिलाको पोर्चुगलमा निधन


लिस्बन, २१ मङ्सिर: क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ । विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आउनु भएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले राससलाई जानकारी दिनुभयो ।

मृतक नेपाली तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित बनेकी थिइन् । उहाँका एक छोरा र एक छोरी छन् । उहाँका श्रीमान् प्रेम नेपाली लामो समयदेखि पोर्चुगलमा रहेर विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध भई सामाजिक गतिविधिमा सकृय रहदै आउनुभएको छ । मृतक नेपालीको शव हाल राजधानी लिस्बनस्थित साओ ज्वोय अस्पतालको शव गृहमा राखिएको छ । उहाँको पोर्चुगलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ६ : ३५ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई