२०८२, २५ भाद्र बुधबार

दोभाषे तालीम शुरु

दोभाषे तालीम शुरु


विराटनगर, २१ मङ्सिर: राष्ट्रिय साङ्केतिक भाषा दोभाषे सङ्घ नेपालको आठौँ वार्षिक साधारणसभा तथा क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभएको सो दुई दिने कार्यक्रममा सातवटै प्रदेशका ३६ दोभाषे प्रशिक्षकको सहभागिता छ । साङ्केतिक भाषामा दुई हजार २०० शब्द बोलिँदै आएकामा हाल चार हजार ७०० शब्द बनेकाले तालीमको आवश्यकता परेको बताइएको छ ।

सो अवसरमा प्रमुख पराजुलीले भिन्न भाषा र व्यवहारका मानिसलाई मुलुक तथा समाजका विषयमा जानकारी गराउन तालिमले विशेष मद्दत गर्ने बताउनुभयो । सङ्घका अध्यक्ष सिलु शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष सानुखेम वाजा र सन्तोषी घिमिरेले पनि बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ६ : २४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा