२०८२, २० फाल्गुन बिहीबार

धानको सट्टा सुर्ती खेती !

धानको सट्टा सुर्ती खेती !


पर्सा, २० मङ्सिर :  पर्साका ठोरीबासीले बर्साैंदेखि धान खेती गर्दै आएका थिए। तर वन्यजन्तुले बाली सखाप पार्थ्याे। पाँच वर्षअघि जन्तुले पाँच सयभन्दा बढी परिवारको खेती नष्ट ग¥यो। क्षतिपूर्ति माग्न उनीहरु निकुञ्ज पुगे। निवेदन दिए। तर क्षतिपूर्ति पाएनन्। निरास भएका स्थानीयले धान खेतीको विकल्प खोज्न थाले। अहिले उनीहरु सुर्ती खेती गर्छन्। यसबाट उनीहरुको आम्दानी पनि बढेको छ। ठोरी पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ। त्यसैले हात्ती, मृग, बँदेल र नीलगाईले बाली नष्ट पार्नु अस्वाभाविक थिएन। यो क्षेत्रमा खासगरी रैथाने हात्ती बढी छ। तिनले बढी बालीनाली नाश गर्ने गरेको पर्सा निकुन्जका संरक्षण अधिकृत अशोक राम बताउँछन्।

क्षतिपूर्ति नपाएपछि बाध्य भएर सुर्ती खेती गर्नुपरेको सुर्वणपुर नगरपालिका–३ ठोरीका भीमबहादुर पाख्रिनले बताए। ‘वन्यजन्तुले सुर्ती खाँदैन,’ उनले भने, ‘अन्य बाली नष्ट गर्दा क्षतिपूर्ति नपाएपछि यसलाई रोजेका हौं।’ बारा र पर्साअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने हजारभन्दा बढी परिवारले सुर्ती खेती गर्ने स्थानीय शम्भुराम पौडेलले बताए। सुर्ती खेती गरेका किसानले मनग्गे आम्दानी गर्न थालेपछि अरूमा पनि यसप्रति आकर्षण बढेको छ।

उत्पादित सूर्ती बेच्न पनि स्थानीयलाई सजिलो छ। सिमराका बजारमा बिक्री हुन्छ सुर्ती। त्यसमाथि सूर्य नेपाल प्रालिले घरमै आएर समेत किन्छ। प्रतिकिलोग्राम एक सय २० रुपैयाँमा सुर्ती बिक्री हुन्छ। यसबाट निकुञ्ज आसपासका बासिन्दाले वार्षिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने पौडेलको भनाइ छ। सुर्ती खेती लाउने किसानको आम्दानी बढेको देखेपछि अरु पनि यसतर्फ आकर्षित हुँदै गएका छन्।

स्थानीयले वन्यजन्तुको संरक्षण गरी पर्यापर्यटन विकास पनि गरिरहेका छन्। कतिपयले होमस्टे चलाइरहेका छन्। बाघ, हात्ती र गंैडा हेर्न आउने पर्यटक त्यहाँ बस्ने गरेको सुनाखरी मध्यवर्ती होमस्टे सञ्चालक नन्दमाया पौडेलले बताइन्। विश्व वन्यजन्तु कोषले पनि वन्यजन्तु संरक्षणमा सहयोग पुगोस् भनेर स्थानीयको आय बढाउन सहयोग गरिरहेको छ। तिनलाई होमस्टे, गोठ सुधारलगायत कार्यक्रममा सहयोग गरेको कार्यक्रम संयोजक भरत गोतामेले बताए।

वन्यजन्तु क्षेत्रमा परेकालाई पनि उचित स्थानमा सारिएको छ। मकावनपुरको प्रतापपुर, रमौली, पर्साको रामभेडी, भाटालगायत ६ सयभन्दा बढी परिवारलाई व्यवस्थापन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक रामको भनाइ छ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ६ : ५७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको