२०८२, २० फाल्गुन बिहीबार

प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पारे

प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पारे


चितवन, १९ मङ्सिर: चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पारेको छ । असोजबाट गिद्धले अण्डा पार्न थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार अन्य गिद्धले पनि अण्डा पार्ने सम्भावना अझै रहेको छ । अण्डा पारेपछि गिद्ध ओथारोमा बस्ने गर्दछ । ओथारोमा रहेका अण्डाबाट केही दिनपछि नै चल्ला निस्कने खड्काले बताउनुभयो । अण्डा पारेको ६० देखि ६५ दिनमा बच्चा कोरल्ने गर्दछ ।

विश्वबाटै लोप हुन लागेको गिद्धको संरक्षण गरिएको हो । यसको वंश विस्तारलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा महत्वका साथ हेर्ने गरिन्छ । हाल प्रजनन केन्द्रमा गत वर्षका ६ वटा बच्चासहित ५१ वटा गिद्ध छन् । गत वर्ष प्रजनन केन्द्रमा गिद्धले १८ वटा अण्डा पारेको भए पनि ६ वटा बच्चा मात्र कोरलेर हुर्किएका थिए । केन्द्रमा रहेका सात वटा माउलाई प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुरेन्टमा लगिँदैछ । गत वर्ष पनि संरक्षण केन्द्रबाट गिद्ध लगेर केही समय रेस्टुरेन्टमा राखेर प्रकृतिमा छाडिएको थियो । प्रकृतिका गिद्धलाई सिनो खुवाएर संरक्षण गर्न बनाइएको ठाउँलाई जटायु रेस्टुरेन्ट भनिएको हो । सोही ठाउँमा केही समय राखेर प्रकृतिका गिद्धसँग घुलमिल गराएपछि रेडियोकलर जडान गरेर छोड्ने गरिन्छ ।

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको छ । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलब नौ प्रतिशत गिद्ध मासिएपछि यी दुई देशसँगै अन्य देशमा पनि यसको संरक्षण गर्न थालिएको हो । विशेषगरी पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधिको प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने गर्दछन् ।
-रासस

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ९ : ०७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको