२०८३, २६ आश्विन मंगलबार

आइपिओ बिक्री गर्दै घलेम्दी

आइपिओ बिक्री गर्दै घलेम्दी


काठमाडौँ, १८ मङ्सिर: म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले रु १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।

घलेम्दी हाइड्रो पावर प्रालिले म्याग्दीमा चार मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ । आयोजनाले केही समय पहिले आयोजना प्रभावित म्यादीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा कूल ९४ हजार २३० कित्ता शेयर मात्रै बिक्री भएको थियो । स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको आयोजनाले सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ७ : २५ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका