२०८३, ८ बैशाख बुधबार

बलात्कार आरोपमा सवइञ्जिनीयर पक्राउ

बलात्कार आरोपमा सवइञ्जिनीयर पक्राउ


चौतारा, १८ मङ्सिर : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि सो गाउँपालिकामा कार्यरत जाजरकोट निवासी सवइञ्जिनीयर दीपक कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले बताउनुभयो ।

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राले आफू तीन महीनाको गर्भवती भएको थाहा पाएपछि किटानी जाहेरी दिएकी थिइन् । पीडकले पनि स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ६ : ५५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले