२०८३, ९ बैशाख बिहीबार

काभ्रेका मनोज काठमाडौंमा लागुऔषध सहित पक्राउ

काभ्रेका मनोज काठमाडौंमा लागुऔषध सहित पक्राउ


काठमाडौँ, १८ मंसीर महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता पुजा सिंहले झोलामा लुकाएर सडकमा हिँडिरहेको अवस्थामा ४६ एम्पुल नुर्फिन, ४६ एम्पुल फेनार्गन र ४६ एम्पुल डाइजेल्याव बरामद गरेको जानकारी दिनुभयो ।

सुनसहित एक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एकजनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षामा खटिएको टोलीले तीन थान सुनको बालासहित धनुषा गणेशमान नगरपालिका–४ का वशकिल महमदलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका महमदबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  १ : ३५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले