२०८२, २६ माघ सोमबार

मालपोतमा मालामालः सामान्यलाई सास्ती, ठूलालाई फास्ट–ट्र्याक

मालपोतमा मालामालः सामान्यलाई सास्ती, ठूलालाई फास्ट–ट्र्याक


कामठाडौं, मंसिर १८ : बिहान ११ः१९ बजे। एक सेवाग्राही महिलाले झोलाबाट एकएक सयका दुई वटा नोट निकालिन्। उनले त्यो पैसा मुठी पारिन्। एक महिला कर्मचारी र ती सेवाग्राहीबीच मसिनो स्वरमा संवाद चल्यो।महिला कर्मचारीः यति काम गरिदिएपछि तपाईंले पनि केही व्यवस्था गरिदिनुपर्‍यो नि !

सेवाग्राही: त्यसको चिन्तै नगर्नुस्। पहिला काम गरिदिनुस्।
वार्तालापपछि सेवाग्राही हातमा फाइल बोकेर कर्मचारीको पछि लागिन्। सारी लगाएकी कर्मचारी कार्यकक्षभित्र पसिन्। सेवाग्राही पनि पसिन्। भित्र खासखुस कुरा चल्यो। झण्डै २ मिनेटपछि सेवाग्राही बाहिरिइन्। उनको हातमा अघिको दुई सय रूपैयाँ थिएन। बाहिरिँदै गरेकी सेवाग्राहीको अनुहार उज्यालो देखिन्थ्यो। भित्र दुई कर्मचारी हाँस्दै थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

*दिउँसो २ बजे। कार्यालयको दोस्रो तलामा एक महिला फोनमा व्यस्त थिइन्। उनी रिसाउँदै भन्दै थिइन्, ‘हरेक काम सिस्टममा हुनुपर्छ। एक पैसा दिन्नँ। यिनीहरूले काम गरेनन् भने उजुरी गर्छु।’ उनी रिसाउँदै भुँइतलामा ओर्लिइन्। क्यान्टिनको छेउमा उभिएर फतफताउन थालिन्। अंग्रेजीमा भन्दै थिइन्, ‘आइ डन्ट गिभ मनी’ ९म पैसा दिन्नँ०। कर्मचारीले नै आफ्नो ठेगाना गल्ती लेखिदिएको उनको गुनासो थियो। भन्दै थिइन्, ‘एकजना कर्मचारीले मलाई कोठाबाहिर कुनामा लिएर गयो। मैले बुझिहालेँ पैसा चाहिएको रहेछ। सरकारले तलब देको छैन र रु मैले किन दिनु पैसा रु ’

*बेलुकी ४:३० बजे। कर्मचारी बाहिरिने तरखरमा थिए। कोही हतारहतार काम गर्दै थिए। मालपोत अधिकृत भोलानाथ घिमिरे भन्दै थिए, ‘लु न बन्द गर्नुपर्‍यो। चारै बजे बन्द गर्न निर्देशन छ।’ यति भनिसकेर उनी शौचालयतर्फ गए। लगत्तै एकजना अधबैँसे व्यवसायी फाइल बोकेर कार्यकक्षमै रहेका कर्मचारीनजिक गए। उनले ढाका टोपी लगाएका कर्मचारीसँग कानेखुसी गरे। व्यवसायी फाइल बोकेर उभिरहे। ढाका टोपी लगाउने कर्मचारीले वरपरका कर्मचारीलाई नजिकै बोलाए। सबैजना काम छाडेर उनको अघिल्तिर झुम्मिए।

झन्डै ३० सेकेन्ड जति कानेखुसी गरे। त्यसपछि फेरि आआफ्नै काममा लागे। अधिकृत घिमिरे कार्यकक्षमा फर्किए। ढाका टोपी लगाउने कर्मचारी उनको नजिक गए। यताउता हेरे अनि अधिकृतको कानमा खासखुस गरे। कम्प्युटर बन्द गरेर हिँड्न लागेका घिमिरे फेरि कुर्सीमा बसे। उनको अघि एउटा फाइल आइपुग्यो। उनले फाइल हेर्दै व्यवसायीलाई भने, ‘गरे नहुने केही छैन। तर यसको लागि भोलि छुट्टै भेटौं।’ डिल्लीबजारस्थित मोलपोत कार्यालयमा आइतबार देखिएका तीन दृश्य हुन् यी।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ८ : १६ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय