२०८३, १७ आश्विन आईतबार

एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न: सर्वेन्द्र खनाल

एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न: सर्वेन्द्र खनाल


नुवाकोट, १६ मङ्सिर: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका लागि विदुरमा निर्मित तीन वटा भवनको आज छुटाछुट्टै उद्घाटन गर्दै उहाँले भन्नुभयो, “केही घटनाले नेपाल प्रहरीको क्षमतामा प्रश्न चिह्न उठेको छ तर प्रहरी सङ्गठनले मनोबल नगीराइ काममा अघि बढिरहेको छ, महिलामाथि हुने हिंसा र अपराधका घटनामा प्रहरी अनुसन्धान ९७ दशमलव ५ प्रतिशत सफल छ, एकाध घटनाको आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सुविधासम्पन्न भवनबाट प्रहरीले सेवा प्रवाह गर्दा सहज हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं ३ प्रहरी कार्यालयले निर्माण गरिएको ती भवनमध्ये जिल्ला प्रहरी कार्यालयको हातामा कूल रु एक करोड ७१ लाख १५ हजार ८३२ को लागतमा दुईतले १२ कोठे प्रहरी अधिकृत आवास तथा जुनियर प्रहरी व्यारेक भवन रहेका छन् ।

त्यस्तै कूल रु एक करोड ३३ लाख आठ हजार ६३७ को लगानीमा अस्थायी प्रहरी पोस्ट र रु एक करोड २८ लाख ५१ हजार ४४५ को लगानीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको नुवाकोटका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : ५० बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन