२०८३, १७ आश्विन आईतबार

प्रदेश नं ३ मा ४४५ एचआइभी सङ्क्रमितको पहिचान

प्रदेश नं ३ मा ४४५ एचआइभी सङ्क्रमितको पहिचान


हेटौँडा, १५ मङ्सिर : प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित पहिचान भएको जानकारी दिनुभयो ।

अन्य प्रदेशमा भन्दा ३ नं मा एआरटी सेवन गर्ने सङ्क्रमित बढी छन् । यस प्रदेशमा चार हजार ५१२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् । “सन् २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले सङ्क्रमण घटेको छ, ६३ प्रतिशत बच्चाहरुमा हुने सङ्क्रमणमा पनि कमी आएको छ”, जनस्वास्थ्य प्रशासक डा गिरीले भन्नुभयो, “एड्सका कारण मृत्यु हुने सङ्ख्या पनि २३ प्रतिशतले कमी आएको छ, यो हाम्रा लागि उपलब्धि हो ।”

स्वास्थ्य निर्देशक डा यदुचन्द्र घिमिरेले सङ्क्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो । “नेपाल दिगो विकास लक्ष्यअनुरुप एचआइभी एड्स सङ्क्रमण न्यूनीकरण सबै उपाय अपनाइरहेको छ”, उहाँले भन्नुभयो, “विश्वमा एचआइभी सङ्क्रमणको दर बढ्दै गए पनि नेपालमा वर्षेनी कम हुँदै आएको छ ।” ‘एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष आज डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइँदैछ ।
–

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : २२ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन