२०८२, २ माघ शुक्रबार

पुटिन र ट्रम्पको भेटवार्ता हुने

पुटिन र ट्रम्पको भेटवार्ता हुने


मस्को, १३ मङ्सिर : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ । उहाँहरुबीच यसै हप्ता भेटवार्ता गर्ने योजना बनेको रुसी राष्टपतिको कार्यालय क्रेम्लिनले बिहीबार जनाएको छ । भेटका क्रममा उहाहरूले युक्रेनसँगको तनावका बारेमा छलफल गर्नुहुने अधिकारीहरुले बताएका छन् ।

“भेटवार्ता हुने बारेमा वासिङ्टनले पुष्टि गरेको छ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग भन्नुभयो । पेस्कोभले जी–ट्वान्टीको शिखर सम्मेलन हुने अर्जेन्टीनामै उहाँहरुको भेटवार्ता हुने जानकारी दिनुभयो । उहाँले आउदो शनिबार दिउसोतिर बैठक सुरु हुन सक्ने पनि बताउनुभयो । “शीर्ष नेताहरूका बीचमा छोटो भेटवार्ता हुने कार्यक्रम रहेको छ, त्यो झण्डै एक घण्टाको हुन सक्छ,” उहाँले भन्नुभयो ।

पेस्कोभले नेताहरूबीचमा खुल्ला छलफलको आवश्यकता रहेकोमा जोड दिनुभयो । त्यस्तो छलफल क्षेत्रीय द्वन्द्व, दुई पक्षीय सम्वन्ध, रणनीतिक सुरक्षा र निशस्त्रिकरण लगायतका विषयमा हुने पनि उहाँले बताउनुभयो । “यी विषयहरु केबल हाम्रा दुई देशका चासोका विषय मात्र नभई विश्वकै सरोकारको विषय भएकाले सहमति भएपनि नभएपनि छलफल हुन आवश्यक छ,” उहाँले भन्नुभयो ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : २२ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति