२०८२, २५ भाद्र बुधबार

अज्ञात समूहद्वारा रिक्सामा आगजनी

अज्ञात समूहद्वारा रिक्सामा आगजनी


राँझा, १३ मङ्सिर :नेपालगञ्ज उपमहानगरपालिका–१ खजुरा रोडमा पार्किङ गरिएका अटो रिक्सा र एउटा घुम्ती पसलमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । नेपालगञ्जका अब्दुल लतिफ हल्वाइका चार तथा अब्दुल रसिदको एउटा रिक्सामा आगजनी गरिएको हो ।

अज्ञात समूहले नजीकैको एउटा घुम्ती किराना पसलमासमेत आगजनी गरेको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । घटनाको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा र वडा नं १ का अध्यक्ष प्रमोद रिजालले स्थलगत निरीक्षण गर्नुभएको छ ।

आगजनीबाट घुम्ती पसलको सामान नष्ट भएको छ । दुई दिनअघि नेपालगञ्जका पत्रकार अर्जुन वलीको घरमै पार्किङ गरी राखिएको मोटरसाइकलमा पनि आगजनी गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ६ : ३४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा