२०८३, २७ श्रावण बिहीबार

कोटेश्वर–जडीबुटी सुरुङमार्ग बन्ने भयो, निर्माण गर्न जापान सहमत

कोटेश्वर–जडीबुटी सुरुङमार्ग बन्ने भयो, निर्माण गर्न जापान सहमत


भक्तपुर, १३ मङ्सिर: दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर जडीबुटी सुरुङमार्ग र सूर्यविनयक–धुलिखेल छ लेन सडकको निर्माण गर्न जापान सरकारले सहमति जनाएको सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सडक विभागको वैदेशिक सहायता महाशाखामा भएको बैठकमा जापानी प्रतिनिधिले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङमार्ग बनाउन जापानले अध्ययन गर्ने भएको छ । महाशाखाका प्रमुख श्रेष्ठले एक महीनापछि सुरुङमार्ग निर्माण कार्यको अध्ययन शुरु गर्ने जानकारी दिनुभयो । यसअघि पनि प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको पहलमा सुरुङमार्ग निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण, मन्त्रालयका प्रतिनिधिलगायत सरोकारवालाबीचको पटकपटक भएको छलफलबाट सुरुङमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

बस्नेतले भन्नुभयो, “जडीबुटी कोटेश्वर सडकको जाम हटाउन स्थायी उपाय सुरुङमार्ग निर्माण एकमात्र विकल्प हो, त्यसका लागि मैले मन्त्रालयदेखि नागरिक उड्डययन प्राधिकरणसम्म छलफल गरेर सहमति जुटाए, परराष्ट्रमन्त्री ज्ञवालीले जापान भ्रमणमा जानुअघि पनि मैले यो कुरा मन्त्रीज्यूसँग राखेको थिए, जापानमा यसबारेमा छलफल भएर जापान सरकार सहमत भएको जानकारी पाएँ, यसले काम गर्न थप उर्जा मिलेको छ ।”

कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हँुदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङमार्ग निर्माण गर्ने अवधारणा अगाडि सारेर शुरु गरेको पहलले सार्थकता पाएको पनि उहाँले बताउनुभयो ।

बस्नेतले भन्नुभयो, “हामीले कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म सातवटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितका आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङ्गे पुल निर्माण गर्ने, आशापुरीको पानीलाई अण्डरग्राउण्डका रुपमा ल्याएर चित्तपोलमा ड्याम बनाई ढुङ्गा चलाउने, आशापुरीको पानीलाई शुद्धीकरण गरी वितरण गर्ने व्यवस्था मिलाउने गरी कार्ययोजना अगाडि बढाएका छाँै ।”

अरनिको राजमार्गको कोटेश्वर सूर्यविनायक खण्डको चारदोबाटो चोक, मनोहरा पुल, लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गर्ने, जडीबुटीदेखि टङ्कप्रसाद आचार्यको सालिकसम्म र थिमि क्षयरोग अस्पताल क्षेत्रमा सर्भिस ट्र्याक निर्माण गर्ने, पाँच ठाउँमा सडक ट्राफिक बत्ति राखिने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यसैगरी जडीबुटी, लोकन्थली, कौशलटार, थिमिलगायत ठाउँमा दुईतले सर्भिस ट्र्याक, निर्माणाधीन राधे राधेको हनुमन्ते पुल र लोकन्थलीको मनोहरा पुल निर्माणलाई तीव्रता दिने निर्णय भएको सांसद बस्नेतले बताउनुभयो । सुरूङमार्ग जडीबुटी तिनकुने हुँदै बालकुमारी निकाल्ने सम्भावना रहेको बताउँदै उपमहानिर्देशक सञ्जय श्रेष्ठले जापानी टोलीले गर्ने अध्ययन सकिएपछि कहाँदेखि कहाँसम्म संरचना बनाउने भन्नेबारेमा टुङ्गोे लाग्ने बताउनुभयो ।

तत्कालका लागि जाम हटाउन मनोहरा खोलामा अस्थायी पुल बेलिब्रिज निर्माण गर्ने कार्य शुरु भएको जानकारी दिँदै उहाँले भक्तपुरको ६ लेन सडकमा सर्भिस ट्र्याकबाट दुईपाङ्ग्रे सवारी साधन पठाउने र मनोहराखोलाबाट बालकुमारी जान नयाँ सर्भिस ट्र्याक बनाउने बताउनुभयो । को निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले सो प्रणाली लागु गरेको हो । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने छुट दिइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ६ : २८ बजे

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा बाजागाजासहित भव्य स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा

होल्डिङ सेन्टरमा ५७ वर्षीय पासवान झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–स्थित बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा

महिला सहकारीलाई प्रविधिमैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा प्रबिधि हस्तान्तरण

भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा