२०८३, ७ कार्तिक शनिबार

अाइजीपी सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी ठगी गर्ने पक्राउ

अाइजीपी सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी ठगी गर्ने पक्राउ


वीरगन्ज । प्रहरी महानिरीक्षका सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी जागिर लगाइदिन्छु भन्दै ठगी गरेकाे अाराेपमा एक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सन्तोषकुमार पाण्डेलाई मंगलबार पक्राउ गरेको हो । जिल्ला पर्सा धोबिनी गाउँपालिका ३ हरिहरपुर घर भई हाल जिल्ला पर्सा बीरगन्ज महानगरपालिका १३ डेरा गरी बस्ने २६ वर्षीय पाण्डेले बारा सुवर्ण गाउँपालिका वडा नं.५ बस्ने बीरेन्द्र ठाकुर हजामको छोरा प्रदिप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवानमा जागिर लगाइदिने भनी १ लाख ७० हजार रकम लिएको प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

त्यसैगरी जिल्ला बारा महागढीमाई न.पा. वडा न. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्र.ज. पदमा जागिर लगाइदिने वापत रु १ लाख ५० हजार र जिल्ला बारा महागढीमाई न.पा. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहा समेतलाई राष्ट्रिय अनुसन्धानको प्र.स.नि पदमा योग्यता अनुसारको जागिर लगाई दिने भनी ७ लाख लिएको प्रहरीले जनाएकाे छ ।

ठगी गर्नका लागि पाण्डेले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरूलाई दिएका थिए । पाण्डेमाथि ७ दिनको म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाण्डे वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ५ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना