२०८३, ९ बैशाख बिहीबार

अाइजीपी सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी ठगी गर्ने पक्राउ

अाइजीपी सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी ठगी गर्ने पक्राउ


वीरगन्ज । प्रहरी महानिरीक्षका सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी जागिर लगाइदिन्छु भन्दै ठगी गरेकाे अाराेपमा एक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सन्तोषकुमार पाण्डेलाई मंगलबार पक्राउ गरेको हो । जिल्ला पर्सा धोबिनी गाउँपालिका ३ हरिहरपुर घर भई हाल जिल्ला पर्सा बीरगन्ज महानगरपालिका १३ डेरा गरी बस्ने २६ वर्षीय पाण्डेले बारा सुवर्ण गाउँपालिका वडा नं.५ बस्ने बीरेन्द्र ठाकुर हजामको छोरा प्रदिप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवानमा जागिर लगाइदिने भनी १ लाख ७० हजार रकम लिएको प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

त्यसैगरी जिल्ला बारा महागढीमाई न.पा. वडा न. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्र.ज. पदमा जागिर लगाइदिने वापत रु १ लाख ५० हजार र जिल्ला बारा महागढीमाई न.पा. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहा समेतलाई राष्ट्रिय अनुसन्धानको प्र.स.नि पदमा योग्यता अनुसारको जागिर लगाई दिने भनी ७ लाख लिएको प्रहरीले जनाएकाे छ ।

ठगी गर्नका लागि पाण्डेले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरूलाई दिएका थिए । पाण्डेमाथि ७ दिनको म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाण्डे वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ५ : ५५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले