२०८३, १७ आश्विन आईतबार

सिन्धुपाल्चोकमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने

सिन्धुपाल्चोकमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने


चौतारा, १२ मंसीर सिन्धुपाल्चोकमा आगामी पुस दोस्रो साता जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी पुस १५, १६ र १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा हुने तीन दिवसीय सो सम्मेलनमा ७७ जिल्लाका समन्वय समितिका सभापतिको सहभागिता रहनेछ ।

स्थानीय तहको गठन पश्चात् जलवायु परिवर्तन अनुकूल योजना बनाउने उद्देश्यले गरिने सो भेलामा विज्ञ समूहबाट जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रस्तुत हुनेछ । घोषणापत्र जारी गरेर सम्मेलन समापन हुने जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो ।

सम्मेलनमा विषयगत मन्त्रालयका मन्त्री सातवटै प्रदेशका मुख्यमन्त्री, प्रदेश ३ का मन्त्री, जिल्लाका सांसद, जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, विज्ञ समूह र प्रायोजक एजेन्सीका प्रतिनिधिको सहभागिता रहनेछ ।

जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घको आयोजनामा हुने सो सम्मेलनको जिल्ला समन्वय समिति सिन्धुपाल्चोक मुख्य व्यवस्थापक रहेको छ । सम्मेलनमा करीब रु ६४ लाख ४० हजार बजेट खर्च हुने बताइएको छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ७ : १३ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन