२०८२, २४ कार्तिक आईतबार

भूकम्पपीडित भन्छन् : ‘गुनासो भरेको अर्थ भएन’

भूकम्पपीडित भन्छन् : ‘गुनासो भरेको अर्थ भएन’


नुवाकोट, १२ मङ्सिर: यहाँको शिवपुरी गाउँपालिका–५ महाकालीका पूर्णबहादुर थापाको भूकम्पले गाउँमा भएका पाँच वटा घर भत्किए । सरकारले पठाएको प्राविधिकलाई सबै घर देखाउनुभयो । जति घर भत्केपछि एउटा मात्र बनाउन सरकारले अनुदान दिन्छ भन्ने सुनेका उहाँले एउटा घरको तस्बीर खिचाउनुभयो । अरु घर देखाउनुभएन । तर उहाँको नाम लाभग्राहीको सूचीमा परेन ।

लाभग्राहीको सूचीमा नाम नपरेपछि उहाँले पटक पटक गुनासो गर्दासमेत नाम आएन । शिवपुरी गापा–५ सिलामेस्थित वडा कार्यालयमा वडाध्यक्षसँग गुनासो गर्न आउनुभएका उहाँले, भन्नुभयो, “तीनचोटी गुनासो भर्नुभयो । मेरो नाम आएन । किन आएन ?” यस्तो समस्या पूर्णबहादुर थापाको मात्र होइन, अर्का भूकम्पपीडित नेत्रबहादुर थापाको पनि पीडा उस्तै छ । उहाँले पनि तीनचोटी गुनासो भरिसक्नुभएको छ । वडाध्यक्षलाई पटकपटक भेटिसके । गाउँपालिका अध्यक्षलाई पनि भेटिसक्नुभयो । तर, समस्या सुनुवाइ भएको छैन । उहाँले भन्नुभयो, “सरकारको कुन निकायमा गए हाम्रो घर भूकम्पले भत्केको सरकारले देख्छ । हामी अनुदान पाउने सूचीमा पर्छौं ?”

साविकको महाकाली गाविस हाल शिवपुरी–५ का १९ घरको नाम पटकपटक गुनासो भर्दा पनि छुटेको वडाध्यक्ष सीताराम थापाले बताउनुभयो । “केहीको दुईतिर घर भनेर आएको छ । तर दुवैतिरको घर भत्केको छ । लाभग्राहीमा भने नाम आएन”, उहाँले भन्नुभयो, “भूकम्पबाट भत्किएको लगत सङ्कलन गर्न आएका प्राविधिकको गल्तीले अहिले पनि पीडित झनै पीडित बनेका छन् ।”

उक्त वडामा भूकम्पलगत्तै सरकारी मापदण्ड आउनुअघि नै बनेका १२४ घरको पनि समस्या रहेको वडा अध्यक्ष थापाले बताउनुभयो । भूकम्पलगत्तै बासको अभाव भएपछि रामशरण भण्डारीले पनि प्राविधिकको सल्लाहमा सरकारी मापदण्ड आउनुअघि नै एकतले घर बनाउनुभयो । तर उहाँले पहिलो किस्तामात्र पाए । दोस्रो भने मापदण्ड नपुगेकाले पाउन सक्नुभएन ।

जिल्ला आयोजना कार्यान्वयन एकाईका इञ्जिनीयर आदित्य झाले यहाँका केही वास्तविक पीडितको गुनासो सुनुवाइ नभएको बताउनुभयो । वडा सचिव पदमबहादुर थापाका अनुसार पहिलो चरणमा ९४५ जनाको नाम लाभग्राहीको सूचीमा परेको थियो । गुनासो भरेकामध्ये २२२ को सम्बोधन भएर लाभग्राहीको सूचीमा परेको छ । वडाका ५५७ घर पुनःनिर्माण सम्पन्न भई तेस्रो किस्तासमेत प्राप्त गरेको सचिव थापाले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ५ : ५७ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।