२०८२, ११ मंसिर बिहीबार

सुनको मूल्य घट्यो, हेर्नुहोस कति घट्यो ?

सुनको मूल्य घट्यो, हेर्नुहोस कति घट्यो ?


काठमाडौँ, १२ मङ्सिर : नेपाली बजारमा आज सुन सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ आज घटेर प्रतितोला रु ५७ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज रु ४०० ले घटेको हो । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घका उपाध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

तेजावी सुन प्रतितोला रु ५७ हजार ३ ०० मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार एक ३० कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने रु पाँचले घटेको छ । अघिल्लो दिन ७०५ मा कारोवार भएको चाँदी आज ७०० मा कारोवार भएको छ । महासङ्घले १० ग्राम चाँदीको मूल्य रु ६०० कायम गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ५ : ४८ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री