२०८३, ९ असार बुधबार

दार्चुलामा महले बजार पाएन

दार्चुलामा महले बजार पाएन


दार्चुला, १२ मङ्सिर: दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताउनुभयो । “सडक सञ्जाल पुगेको छैन्, गाउँबाट आफै मह बोकेर डुल्नुपर्ने अवस्था आएको छ ।” गाउँ÷गाउँमा मह खोज्छन् तर घरमै आएर किन्नको लागि बाटो छैन् । अहिले मह र मौरी बिक्री गर्न दार्चुलामा मात्र नभएर बैतडीसम्म पुग्नुपर्ने अवस्था छ । कृषक कार्कीले भन्नुभयो, “घरमा मौरी स्याहार गर्ने कि उत्पादित मह बिक्री वितरण गर्ने समस्या भएको छ ।”

घरमा ठाउँ नभएकाले खेतभरी ७५ माहुरी घार छन् । बिहानदेखि बेलुकीसम्म दैनिकी मौरीको स्याहार गर्नमै बित्छ । हालसम्म दुई क्वीन्टल मह बिक्री भयो कार्कीले भन्नुभयो, “अझै मह बिक्री गर्न बाँकी छ, बजार नहुँदा समयमै मह बिक्री गर्न सकिँदैन । गाउँमै मह अहिले रु ८०० देखि ८५० प्रतिकिलो बिक्री हुने गर्छ । मौरीबाटै वार्षिक रु १० लाखसम्म आम्दानी हुने गरेको कार्कीले बताउनुभयो । बजारको समस्याले मौरीपालन व्यवसायमा समस्या भइरहेको अर्का व्यवसायी मालिकार्जुन– १ का गौरसिंह बोहराले बताउनुभयो ।

विगतमा गैरसरकारी सङ्घ संस्थाले मौरीको घार र मौरी खरीद गर्थे । अहिले त्यस्ता संस्थाबाट पनि माग आउन छाडेको छ । घरमै वार्षिक ५०÷६० घार मात्रै बिक्री हुन्छ । अरुण आधुनिक माहुरी घार उद्योग दर्ता गरेर उहाँले अहिले ८२ घार मौरीपालन गर्नुभएको छ । त्यसबाट आम्दानी भए पनि बजार नहुँदा समस्या भइरहेको उहाँले दुखेसो गर्नुभयो । “ सबैले मौरीपालन थालेका छन्, सीमा क्षेत्रकाले अहिले भारतीय बजारमा गएर मह बिक्री गर्नुपर्ने बाध्यता आएको छ”, बोहराको भनाइ छ ।

मार्मा गाउँपालिका–६ का मौरी व्यवसायी नारद महरा मह बिक्रीको लागि मार्मा बजार मात्रै भएको बताउनुहुन्छ । “सानो बजार छ, बाह्य क्षेत्रमा ढुवानी गर्न सके महको मूल्य पाइने थियो”, उहाँले भन्नुभयो । मार्माकै हरकसिंह सितोली मौरीपालन व्यवसाय शुरु गर्ने तयारी रहेको सुनाउनुहुन्छ । “मसँग अहिले १० घार माहुरी छन्, एक महीनाभित्र १५ घार थप गर्ने तयारीमा छु ”, उहाँको भनाइ थियो । स्थानीय सरकारले सहयोग गरे व्यवसायको रुपमा दर्ता गरेर जाने उहाँको भनाइ थियो ।

घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका अनुसार अहिले जिल्लाभरी १२ मौरी उद्योग दर्ता भएका छन् । यो बाहेक अधिकांश कृषकले मौरी व्यवसायको रुपमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेका छन् । व्यवसायबाट राम्रो रोजगारी र आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमै यसतर्फ लागेका वरिष्ठ उद्योग अधिकृत पदम ठकुराठीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले तालीम प्रवद्र्धनको साथै बजारीकरणमा ध्यान दिन सके दार्चुलाको महले राम्रो बजार पाउन सक्नेछ ।” हजारांै टन जिल्लामै मह उत्पादन हुन्छ, उद्योग अधिकृत ठकुराठीले भन्नुभयो, “सानातिना व्यवसाय दर्ता भएका छैनन । उनीहरुको लागि मह बिक्री गर्ने बजार भए अझै यो व्यवसाय जिल्लामा फस्टाउँछ ।” मौरीको लागि चाहिने फूल तथा मौसम दार्चुलामा राम्रो रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ४ : ४७ बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र