२०८२, २५ भाद्र बुधबार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


उर्लाबारी, १२ मङ्सिर: मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ७ : ३७ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा