२०८३, २६ आश्विन मंगलबार

माथिल्लो तामाकोशीको शेयर सबैलाई

माथिल्लो तामाकोशीको शेयर सबैलाई


काठमाडौँ, ११ मङ्सिर : माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले गोलाप्रथा गरी एक लाख ७२ हजार ७७५ आवेदकलाई ५० कित्ता शेयर दिइएको छ ।

तामाकोशीको शेयरमा तीन लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन लाख ३४ हजार ७५ आवेदकले मात्रै शेयर पाएका छन् । विगतमा आवेदन दिएका र दोहो¥याएर आवेदन दिएका पाँच हजार ७०० आवेदकको शेयर आवेदन भने रद्द गरिएको छ । कम्पनीले सर्वसाधारणलाई एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीले बिक्री गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि तीन लाख ३९ हजार ७५ आवेदकले आवेदन दिएका थिए । कम्पनीले यसअघि सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गरेको थियो ।

जलविद्युत् आयोजनाको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्कासनकर्ता सनराइज क्यापिटल लिमिटेड रहेका थिए । कम्पनीले कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । उक्त योजनामा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल भौतिक प्रगति ९७ प्रतिशत भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : २१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका