२०८२, २२ जेष्ठ बिहीबार

माथिल्लो तामाकोशीको शेयर सबैलाई

माथिल्लो तामाकोशीको शेयर सबैलाई


काठमाडौँ, ११ मङ्सिर : माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले गोलाप्रथा गरी एक लाख ७२ हजार ७७५ आवेदकलाई ५० कित्ता शेयर दिइएको छ ।

तामाकोशीको शेयरमा तीन लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन लाख ३४ हजार ७५ आवेदकले मात्रै शेयर पाएका छन् । विगतमा आवेदन दिएका र दोहो¥याएर आवेदन दिएका पाँच हजार ७०० आवेदकको शेयर आवेदन भने रद्द गरिएको छ । कम्पनीले सर्वसाधारणलाई एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीले बिक्री गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि तीन लाख ३९ हजार ७५ आवेदकले आवेदन दिएका थिए । कम्पनीले यसअघि सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गरेको थियो ।

जलविद्युत् आयोजनाको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्कासनकर्ता सनराइज क्यापिटल लिमिटेड रहेका थिए । कम्पनीले कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । उक्त योजनामा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल भौतिक प्रगति ९७ प्रतिशत भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : २१ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक