२०८३, ८ बैशाख बुधबार

तीन वर्षपछि फरार अभियुक्त पक्राउ

तीन वर्षपछि फरार अभियुक्त पक्राउ


बनियानी ११ मंसीर : अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राजवंशीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले २०७३ माघ १० गते १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेका थियो ।

फैसला कार्यान्वयन टोलीले राजवंशीलाई पक्राउ गरी जिल्ला अदालत झापामा पेश गरेर कैद भुक्तानका लागि सोमबार कारगार चलान गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

बहुविवाह गर्ने दुई जना पक्राउ
प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३० मेनका मुर्मू र सोही ठाउँका ३१ वर्षीय दिवु मुर्मू रहेका छन् ।

जिल्ला अदालत झापाले मेनका र दिवुलाई बहुविवाह मुद्दामा २०६७ मङ्सिर १६ गते एक÷एक वर्ष कैद र रु पाँच÷पाँच हजार जरिवाना तोकेको थियो । उनीहरुलाई सोमबार कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  १० : २३ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले