२०८२, २४ असार मंगलबार

गण्डकी प्रदेशले कार्यविधिसहित कार्यालय खोल्ने

गण्डकी प्रदेशले कार्यविधिसहित कार्यालय खोल्ने


पोखरा, १० मंसीर : गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न कार्यविधिसहित कार्यालय खोल्ने निर्णय गरेको छ ।

बैठकले एक दर्जनभन्दा बढी कार्यविधिसँगै छ पूर्वाधार र सात खानेपानीकासहित १३ वटा कार्यालय खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

कार्यविधिमा बालीका मुख्य क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम सञ्चालन, प्रशोधन केन्द्र तथा टिस्युकल्चर ल्याब स्थापना, साना तथा आधुनिक सिँचाइ कार्यक्रम सञ्चालन, कृषि यान्त्रीकरण तथा ग्रिनहाउस निर्माण सहयोग कार्य सञ्चालन, कोल्ड स्टोर, चिस्यान केन्द्र र कोल्ड रुम स्थापना कार्यक्रम रहेका छन् ।

यसैगरी गरीब लक्षित विपद्, उद्धार तथा राहत वितरण, दुग्ध किसान केन्द्र स्थापना सहयोग, साझेदारीमा पशु बधशाला तथा बधस्थल निर्माण सुधार सहयोग र मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन, जनता आवास, साझेदारी सडक र जलस्रोत तथा सिँचाइसम्बन्धी कार्यविधि छन् ।

कार्यविधि पारित गरी मन्त्रिपरिषद्कै प्रशासन तथा विधेयक समितिमा पठाइएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । बैठकले भोलिदेखि सञ्चालन हुने दुई दिने प्रदेश समन्वय परिषद् बैठकका कार्यसूची समेत पारित गरेको छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : ४७ बजे

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बबरमहल भिलासमा १० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार

५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

जनकपुर । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा,

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त