२०८३, ८ बैशाख बुधबार

काभ्रे कांग्रेसकी नेतृ ताम्राकारको निधन, कांग्रेसका सबै कार्यक्रम स्थगित

काभ्रे कांग्रेसकी नेतृ ताम्राकारको निधन, कांग्रेसका सबै कार्यक्रम स्थगित


बनेपा १० मंसिर :  नेपाल महिला संघ काभ्रेकी पूर्व अध्यक्ष चन्द्रलक्ष्मी ताम्राकारको आज दिउँसो ३ बजे हृदयघातबाट निधन भएको छ ।

२०३६ सालभन्दा अघि देखि नेपाली कांग्रेस निकट रहेकी ताम्राकारको ७० वर्षको उमेरमा निधन भएको हो । उनी पनौती नगरपालिका वडा नं. ७ की स्थायी बासिन्दा रहेकी उनी हाल नेपाली कांग्रेस काभ्रेकी महासमिति सदस्य थिइन् ।

अचानक स्वास्थ्यमा समस्या आएपछि उनको स्वास्थ्य परीक्षणका लागि शिरमेमोरियर अस्पताल घोकेचौर पु¥याएको अधाघण्टापछि अस्पतालले ताम्राकारलाई मृत घोषित गरेको थियो ।

उनी नेपाली कांग्रेस काभ्रेको लामो समयसम्म जिल्ला सभापति सञ्चालन गर्ने सप्तलाल ताम्राकारकी छोरी थिइन् । आजै उनको पनौती आर्यघाटमा दाहसंस्कार गरिएको २ नम्बर क्षेत्रीय सभापति रमेश हुमागाईंले बताए ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आचार्य, काभ्रेको क्षेत्र नम्बर २ का सभापति रमेश हुमागाई, नेता इन्द्रमणी अधिकारी, तीर्थ पसखल, नेपाली कांग्रेस पनौती नगरका सभापति रामशरण भण्डारी लगायत पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मृतक नेतृ ताम्राकारको शोकमा नेपाली कांग्रेस काभ्रेले १० दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगरी पार्टी कार्यालय बन्द गरिने जनाएको छ ।

उनको १३ औं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस क्षेत्र नं. २ र पनौती नगरले संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गरिने क्षेत्रीय सभापति रमेश हुमागाईंले बताएका छन् । मृतक ताम्राकारको श्रीमान, र २ छोरा रहेका छन् ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : १० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले