२०८३, २२ भाद्र मंगलबार

काभ्रेमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु

काभ्रेमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु


मंसिर–१०, नमोवुद्ध भकुण्डे । आज विहान १० बजे काभ्रेको नमोवुद्ध नगरपालिकाको श्रीराम वस्ती बुचाकोटमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिकामा पर्ने खार्पाचोकबाट आइरहेको बा. ३ ख. २५४१ नम्बरको बसमा को. २८ प. १३१४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दिपक थापामगरको मृत्यु भएको हो ।

सुनसरी जिल्ला हाँसपोस भन्ने ठाउँमा स्थायी घर भई हाल कानेपोखरी गाउँपालिका वडा नं. ७ मोरङमा बस्दै आएका वर्ष ३९ का मृतक थापामगर पूर्वतर्फ जाँदै गर्दा बनेपातर्फ आउँदै गरेको बसमा ठोक्किएका थिए ।

मोटरसाइकलमा एकजना मात्रै सवार रहेको स्थानीय वडाध्यक्ष सञ्जिव ढकालले बताए । वडाध्यक्ष ढकालकाअनुसार मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने बस र चालकलाई भकुण्डे प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  १ : ४३ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै