२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु

काभ्रेमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु


मंसिर–१०, नमोवुद्ध भकुण्डे । आज विहान १० बजे काभ्रेको नमोवुद्ध नगरपालिकाको श्रीराम वस्ती बुचाकोटमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिकामा पर्ने खार्पाचोकबाट आइरहेको बा. ३ ख. २५४१ नम्बरको बसमा को. २८ प. १३१४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दिपक थापामगरको मृत्यु भएको हो ।

सुनसरी जिल्ला हाँसपोस भन्ने ठाउँमा स्थायी घर भई हाल कानेपोखरी गाउँपालिका वडा नं. ७ मोरङमा बस्दै आएका वर्ष ३९ का मृतक थापामगर पूर्वतर्फ जाँदै गर्दा बनेपातर्फ आउँदै गरेको बसमा ठोक्किएका थिए ।

मोटरसाइकलमा एकजना मात्रै सवार रहेको स्थानीय वडाध्यक्ष सञ्जिव ढकालले बताए । वडाध्यक्ष ढकालकाअनुसार मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने बस र चालकलाई भकुण्डे प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  १ : ४३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना