२०८३, २२ भाद्र मंगलबार

त्रिशूली विद्युत्गृह सञ्चालनमा

त्रिशूली विद्युत्गृह सञ्चालनमा


काठमाडौँ, ९ मङ्सिर: शनिबार अपराह्न सर्किट बै्रंकरमा आगलागी भएर बन्द भएको त्रिशूली जलविद्युत् केन्द्र आज साँझदेखि सञ्चालनमा आएको छ । केन्द्रका प्रमुख तारादत्त भट्टले दिनुभएको जानकारीअनुसार विद्यृत्गहृमा रहेका सातमध्ये चार वटा मेशिन सञ्चालनमा आएको छ । थप दुई मेशिन भने मर्मतमा रहेको छ । आयोजनाको क्षमता २१ मेगावाट छ । मर्मतमा रहेका मेशिनलाईसमेत शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ ।

शनिबार एक्कासी ३ नं ब्रेकरमा समस्या आएपछि आगलागी भएको थियो । विद्युतगृहमा आगलागी हुँदा त्यहाँ कार्यरत सुपरभाइजर गुञ्जन लामा र इञ्जिनीयर प्रविण चौधरी घाइते हुनुभएको थियो । घाइते दुवैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । घाइतेको हाल कीर्तिपुरस्थित वर्निङ अस्पतालमा उपचार भइरहेको प्रमुख भट्टले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ८ : ४२ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै