२०८२, २ माघ शुक्रबार

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका


काम्पाला, ९ मङ्सिर : युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ ।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ, युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले भन्नुभयो ।डुङ्गा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारी अनुसार डुङ्गामा झण्डै ९० जना यात्रु रहेका थिए ।

राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुङ्गा सफारीका क्रममा यो दुर्घटना भएको हो । डुङ्गामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

काम्पालका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टी गरेपनि आधिकारिक पूर्ण विवरणहरु भने अझै आइनसकेको बताउनुभयो । युगाण्डामा डुङ्गा दुर्घटना बेलाबेलामा हुने गरेको छ । डुङ्गा दुर्घटनाकै कारण युगाण्डामा बर्सेनि सयौंको ज्यान जाने गरेको छ ।
-रासस/सिन्ह्वा

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : ३१ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति