२०८२, २४ असार मंगलबार

ट्याक्टर पल्टिँदा एकको मृत्यु

ट्याक्टर पल्टिँदा एकको मृत्यु


कावासोती, मङ्सिर ८: नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेरीस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मध्यविन्दु नगरपालिका–२, सेरीबाट नन्दपुरतर्फ जाँदै गरेको ना४त १९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा मध्यविन्दु नगरपालिका–२ बस्ने २६ वर्षीय धनबहादुर महतोको मृत्युभएको प्रहरी चौकी कोल्हुवाका हरिबहादुर रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका महतोको उपचारका क्रममा मध्यविन्दु अस्पताल डण्डामा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : ५४ बजे

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बबरमहल भिलासमा १० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार

५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

जनकपुर । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा,

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त