२०८३, ८ बैशाख बुधबार

काभ्रेको डाँडापारीमा पाँच वर्षिय बालकको मुख थुनेर हत्या, दोषीलाई कारवाहीको माग

काभ्रेको डाँडापारीमा पाँच वर्षिय बालकको मुख थुनेर हत्या, दोषीलाई कारवाहीको माग


बनेपा ८ मंसीर : काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–२, मुलडाँडाका पाँच वर्षिय विजय घिसिङको हत्यारा पत्ता लगाई कारवाही गर्न पीडित अभिभावकले प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।

गत कात्तिक २६ गते दिउँसो घरबाट हराएका घिसिङ खोजतलासको क्रममा तीन दिनपछि सोही वडाको सातविसे खोलाको ढुङ्गामाथि मृतावस्थामा फेला पारेको थियो । जङ्गलबीचमा शव भेटेपछि शङ्का लागेर प्रहरीले नै उठाएर परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा गत कात्तिक २९ गते लगेको र शुक्रबार रिपोर्ट आएको मृतकका ठूलोबुबा बलिमान घिसिङले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले घटनाको सम्बन्धमा अनुसन्धान गरी दोषी पत्ता लगाएर कारवाही गर्न जिल्ला प्रहरी कार्यालयमा कुरा भइरहेको बताउनुभयो । धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो घटनाका विषयमा छानबिन अगाडि बढाइने जानकारी दिनुभयो ।

घटना भएको ११ दिनपछि मात्रै रिपोर्ट आएको र रिपोर्टमा मुख थुनेर हत्या भएको उल्लेख भएपछि पीडित अभिभावकले दोषी पत्ता लगाएर कारवाही नगेरसम्म शव नबुझ्ने जनाएको छ । रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ६ : ३४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले