२०८२, ६ असार शुक्रबार

हुम्लाबासीको पीडा : पाँच महिना कुराइ, पाँच किलो चामल

हुम्लाबासीको पीडा : पाँच महिना कुराइ, पाँच किलो चामल


सिमकोट , ८ मङ्सिर: शुक्रबार खाद्यान्न पाउने खबर पाएपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अघिल्लो दिनबाट चहलपहल बढ्यो । अधिकाँश महिलाले बिहान सबेरै उठेर खाना पकाए । बालबच्चालाई खुवाए अनि लागे खाद्य संस्थानको गोदामतिर । सामान्यतया महिनाको एक पटक पाउनुपर्ने खाद्यान्न पाँच महिनापछि वितरण हुँदै थियो । त्यसैले बिहान सबेरै खाद्यान्न लिन स्थानीय लाममा थिए । लाममा लाग्नेको सङ्ख्या ठूलै थियो ।

घर कुपनका आधारमा प्रति सदस्य पाँच किलो खाद्यान्न वितरण हुने भएपछि शुक्रबार बिहान ७.०० बजे लाम लागेको सिमकोट गाँउपालिका वडा नम्बर–५ की शिवा रावतले बताउनुभयो । तीन जना सदस्यको प्रति सदस्य पाँच केजीका दरले पाउने १५ केजी चामल लिन भण्डै चार घण्टा लाममा बस्नु परेको उहाँको गुनासो थियो ।

पाँच महिनाको ७५ केजी पाउनुुपर्ने हो, तर चार महिना खाद्यान्न वितरण नभएपछि १५ केजीमै चित्त बुझाउनु परेको उहाँले सुनाउनुभयो । बजारमा निजी क्षेत्रका ब्यापारीले मुगुबाट खच्चडमा ढुवानी गरेर ल्याएको प्रतिकेजी १८० रुपियाँ मूल्य पर्ने चामल किन्न नसकिने भएपछि बल्ल घरमा चामल पसेको उहाँले बताउनुुभयो । दशैँको बेला संस्थानले प्रतिपरिवार दुई केजीका दरल चामल चामल अक्षता मात्रै भयो । अहिले भने बल्ल घरमा चामल छिरेको अनुभव भएको उहाँले बताउनुभयो । पैसा भएर पनि चामल किन्न सकस भएको रावतले गुनासो गर्नुभयो । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ७ : ३६ बजे

नेपालकै पहिलो ‘फ्लाईओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले

विकासका लक्ष्य प्राप्तीका लागि ठूलो मात्रामा लगानी आवश्यक : अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका

ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका

आजबाट दीपक मनाङेको संसद पद गयो

काठमाडौं: २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको